logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ठमेलको एक होटलमा आयरल्यान्डका नागरिक मृत अवस्थामा फेला

    ठमेलको एक होटलमा आयरल्यान्डका नागरिक मृत अवस्थामा फेला

    9.5K
    Shares

    काठमाडौं । ठमेलस्थित होटल मनाङमा आयरल्यान्डका नागरिक मृत फेला परेका छन् । आयरल्याण्ड घर भएका एलेन म्याक्स फिलिप्स मृत अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

    ठमेलस्थित न्यू एभरेष्ट होटलमा बस्दै आएका उनीहरु बाटो भुलेर सो होटलमा पुगेको अनुसन्धान अधिकृतहरु बताउँछन् । बिहान सुरक्षा गार्डले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

    एसएसपी कुँवरका अनुसार फिलिप्स होटलको छैटौं तला माथिबाट खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend