logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौँको निर्णयले पोखरा र भरतपुरमा खैलाबैला, कांग्रेस कार्यालयमा लाग्यो ताला

    काठमाडौँको निर्णयले पोखरा र भरतपुरमा खैलाबैला, कांग्रेस कार्यालयमा लाग्यो ताला

    3.1K
    Shares

    ७ वैशाख, कास्की । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय भएपछी पोखरामा खैलाबैला भएको छ।

    कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी कार्यकर्ता नै नभएको एकीकृत समाजवादीलाई पोखराको मेयर दिने निर्णय गरेको भन्दै पोखरेली कांग्रेसका नेता कार्यकर्ताले कांग्रेस जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

    पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने भन्दै नेताहरु आक्रोशित बनेका हुन्।

    केन्द्रले पोखराको निर्णय तुरुन्त नसच्चाए स्वतन्त्र उम्मेदवारी दिने र पोखरेली कांग्रेस स्वतन्त्र उम्मेदवारलाई जिताउन हिड्ने चुनौती समेत दिएका छन्।

    यस अघि नेपाली कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले एक बिज्ञप्ति जारी गर्दै पोखरामा एकीकृत समाजवादीले हैसियतभन्दा ठूलाे भाग खाेजेकाे भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय जनाईसकेका थिए।

    त्यसपछि केन्द्रबाट पोखराको मेयर समजावादीलाई दिने निर्णय गरेपछि पोखरामा बिद्रोह भएको हो।

    त्यस्तै सत्तारुढ गठबन्धनबीच भरतपुर महानगरपालिकाको मेयर माओबादीलाई दिने निर्णय बिरुद्ध भरतपुरमा समेत कांग्रेस नेताहरुले माओबादीलाई भोट नहाल्ने सार्वाजनिक अभिव्यक्ति दीईरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend