logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु

    भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु

    2.9K
    Shares

    काठमाडौं । नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । भिरबाट लडेर बेलकोटगढी नगरपालिका–१२ का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

    उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेको उनले बताए । घटना शनिबार वैशाख ३ गतेको हो ।

    ‘उहाँ म्यादी प्रहरी हुन् । हाम्रोमा तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘बिहान आठ बजेदेखि तालिम हुन्छ । तर शव बेलुकी मात्रै फेला परेको थियो ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend