काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ । बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार, अन्तिम सहमति पत्रमा केही बेरमा हस्ताक्षर हुँदैछ । सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो ।
महानगरपालिकाको भागबन्डा मंगलबार बसेको बैठकमा नै टुंगिएको बताइएको थियो । तर, उपमहानगरपालिकामा सहमति जुट्न नसक्दा बुधबार पनि बैठक बसेको हो ।