logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • स्थानीय चुनावपछि नेविसंघको केन्द्रीय समितिले पूर्णता पाउँछ: महामन्त्री थापा

    स्थानीय चुनावपछि नेविसंघको केन्द्रीय समितिले पूर्णता पाउँछ: महामन्त्री थापा

    3.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावपछि नेविसंघको केन्द्रीय समितिले पूर्णता पाउने बताएका छन् । आज नेविसंघले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले स्थानीय चुनावपछि नेविसंघलाई पूर्णता दिइने बताएका हुन् ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाइ पछिल्लो समयमा कम्युनिष्टले सधैँ डरमा राखेर बार्गेनिङ गरिरहेको बताए । नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले यस्तो बताए ।

    स्थानीय तहको निर्वाचनमा त्यहाँका नेता तथा कार्यकर्ताले तालमेल आवश्यक हो कि होइन भन्न पाउने हो कि होइन भन्दै प्रश्न गरेका थिए ।

    “हामी निरन्तर कम्युनिष्ट पार्टीको डरमा रहने भयौँ,” थापाले भने, “हिजो सँगै रहेर अर्को पार्टीसँग मिलेको हामीले देखेकै हो । नभए मिल्दिउँ उता रु भन्छन् । चुनाव जितेको भोलिपल्ट फेरि बार्गेनिङ सुरु हुन्छ । कुनै बेला उनीहरु एकठाउँमा आउन सक्छन् । तर हामीसँग सधैँ बार्गेनिङ गर्ने भए ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend