logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • चितवनमा कांग्रेस माओबादीको द्वन्द कांग्रेस नेता गुरुङले भने: रेनुलाई भोट हाल्नुस् भनेर मैले मंचमा बोल्दीन

    चितवनमा कांग्रेस माओबादीको द्वन्द कांग्रेस नेता गुरुङले भने: रेनुलाई भोट हाल्नुस् भनेर मैले मंचमा बोल्दीन

    16K
    Shares

    चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा रेनु दाहाललाई भोट हाल्नुस् भनेर मंचमा चढेर आफुले भन्न नसक्ने बताएका छन्।

    सुनौलो नेपालसंगको बिशेष कुराकानीमा नेता गुरुङले जनतासामु गएर लौ हाम्रो गठबन्धन भयो रेनुलाई भोट दिने भयौ तपाईहरुले पनि अब  रेनुलाई भोट हाल्नुस् भनेर मंचमा चढेर आफुले कार्यकर्ता सामु भन्न नसक्ने बताएका हुन्।

    ‘हामीले त नेता भएकोले भोट हालौला तर अरुलाई कसरी रेनुलाई फेरी भोट हाल्नुस भन्ने गाह्रो छ। ‘गाउँबाट आएका बुढाहरुले ज्यान जाला बुटो छोड्दैनौ भन्छन। कति त माओबादी पिडित छन् अनि कसरी भोट हाल्छन’ उनले भने

    चितवनमा रेनुलाई भोट हाल्नपर्ने अवस्था आए गठबन्धन हार्छ भन्दै पार्टी सभापति देउवालाई भनेको स्मरण गर्दै उनले ‘माओबादी हारेपछि गठबन्धन समेत टुट्ने दाबी समेत गरे।’

    चितवनमा कांग्रेस कमजोर नभएको तर केन्द्रबाट कमजोर बनाएको आरोप समेत उनले लगाए।

    हेर्नुहोस् नेता गुरुङसंग सुनौलो नेपालले गरेको कुराकानी  

     


    सगुन चपाई
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend