logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएल: पञ्जाबविरुद्ध दिल्लीको सहज जित

    आईपीएल: पञ्जाबविरुद्ध दिल्लीको सहज जित

    6.7K
    Shares

     

    काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो छैटौं खेलमा सहज जित निकालेको छ । मुम्बइमा बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्समाथि ९ विकेटको सहज जित हात पारेको हो । पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा एक विकेट मात्र गुमाएर भेटाएको हो ।

    दिल्लीका लागि ओपनिङमा आएका पृथ्वी श र डेभिड वार्नरले आक्रामक पारी खेले । वार्नरले १० चौका र एक छक्काको मद्दतमा अविजित ६० रनको योगदान गरे भने पृथ्वी शले ७ चौका र एक छक्का प्रहार गर्दै ४१ रनमा आउट भए । र, पृथ्वी आउट भएपछि आएका सर्फराज खान अविजित १२ रन बनाएपछि दिल्लीले सजिलै लक्ष्य भेटाएको हो । पन्जाबका राहुल चाहरले एक विकेट लिएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend