logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आजको मौसम: पहाडी भूभागमा मेघ गर्जनसहितको वर्षा हुनसक्ने

    आजको मौसम: पहाडी भूभागमा मेघ गर्जनसहितको वर्षा हुनसक्ने

    3.5K
    Shares

    काठमाडौं । आज पहाडी भूभागका केही स्थानमा दिनभर जस्तो मौसम बदली रहनेछ । दिउँसो मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज राति गण्डकी प्रदेश , कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश १ को पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

    देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित क्षणिक–हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्नसमेत महाशाखाले सतर्क गराएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend