बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गोली लागेर गम्भीर घाइते भएकी सैनिक जवानको मृत्यु

गोली लागेर गम्भीर घाइते भएकी सैनिक जवानको मृत्यु

कपिलवस्तु । गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल (एम १६) आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

याे पनि:

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend