बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

विवाहमा पेस्तोल देखाएर तर्साउने एक जना पक्राउ

विवाहमा पेस्तोल देखाएर तर्साउने एक जना पक्राउ

काठमाडौं । महोत्तरीमा विवाहमा पेस्तोल देखाएर तर्साउने एक जना एकथान अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय लालबाबु भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार बर्दिबास नगरपालिका–१३, बिजलपुरा, डाँडाटोलबाट उनलाई पक्राउ गरिएको हो ।

उनले विवाहको एउटा गाडीमा तोडफोड गर्दै स्थानीयलाई आतंकित बनाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको एसपी पंगेनीले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend