logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको दावी : निर्वाचनमा एमालेले बहुमत ल्याउछ

    ओलीको दावी : निर्वाचनमा एमालेले बहुमत ल्याउछ

    6.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको संगठन बलियो बनेकाले एमालेले बहुमत ल्याउने दावी गरेका हुन् ।

    ‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ । ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’, अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’

    उनले नेता कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर घेर्न खोजेपनि सफल हुन नदिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend