logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अक्सिजन प्लान्ट विस्फोटबाट मृत्यु हुनेको परिवारलाई सरकारले राहत दिने

    अक्सिजन प्लान्ट विस्फोटबाट मृत्यु हुनेको परिवारलाई सरकारले राहत दिने

    7K
    Shares

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन प्लान्टमा विस्फोटमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने बताएका छन् ।

    बिहीबार दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका मन्त्री बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका हुन् । उनले विस्फोटमा परी घाइते भएकाहरुलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाए । मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए । उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताए ।

    ‘यो जुन घटना भयो यो दुःखद, दुर्भाग्यपूर्ण । सबैलाई दुःख लागेको छ । हामीले सहजै अनुमान लगाउन सक्दैनौँ। यो टेक्निकल अवस्थाका कारण भएको भन्ने कुरा छ । अक्सिजन रिफिलिङ गर्दा बिस्फोट हुनु भनेको झनै खोजको विषय हो’ मन्त्री बडूले भने, ‘ यसलाई हामी अनुसन्धान गर्नेछौँ । यो पहिलो उदाहरण हो भन्ने खबर छ । यसलाई हामी गहन विषय बनाएर अनुसन्धान गर्नेछौँ ।’

    मन्त्री बडूले घाइतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने भन्दै यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend