logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अक्सिजन प्लान्ट विस्फोट : अर्का एक घाइतेको पनि मृत्यु

    अक्सिजन प्लान्ट विस्फोट : अर्का एक घाइतेको पनि मृत्यु

    3.5K
    Shares

    काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।

    बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । चार जना घाइते भएका थिए ।

    घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको ललितपुरका प्रहरी प्रवक्ता शाहले बताए ।

    उनका अनुसार अन्य घाइतेहरु भने उपचार गरेर फर्किसकेका छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend