logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएल: मुम्बईमाथि चेन्नईको रोमाञ्चक जित

    आईपीएल: मुम्बईमाथि चेन्नईको रोमाञ्चक जित

    5.7K
    Shares

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्समाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेटायो ।

    अन्तिम ओभरमा १७ रन चाहिएकोमा चेन्नईका महेन्द्रसिंह धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै टिमलाई जिताए, उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै चेन्नईका लागि अम्बाती रायडुले ४०, रोबिन उथापाले ३० र ड्वेन प्रेटरियसले २२ रन जोडे । बलिङतर्फ मुम्बईका ड्यानियल साम्सले चा र जयदेव उनादकटले दुई विकेट लिए ।

    यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित सात विकेट गुमाएर एक सय ५५ रन बनायो । मुम्बईका लागि तिलक वर्माले ५१ र सूर्यकुमार यादवले ३२ रन बनाए । बलिङतर्फ चेन्नईका मुकेश चौधरीले तीन र ड्वेन ब्राभोले दुई विकेट लिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend