बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको जिम्मेवारी हो: अध्यक्ष प्रचण्ड

समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको जिम्मेवारी हो: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश अहिले समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको पनि उल्लेख गरेका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको जिम्मेवारी भएको बताएका छन् । ‘प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन । तसर्थ दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरुद्ध संघर्ष गर्दै प्राप्त उपलब्धिहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको छ,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘प्रतिगमनविरुद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ ।’

‘कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छ । यो गौरवको कुरा हो,’ प्रचण्डले भनेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend