logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राखेप बोर्डको बैठक आज बस्दै, मुख्य दुई एजेन्डामा छलफल हुने

    राखेप बोर्डको बैठक आज बस्दै, मुख्य दुई एजेन्डामा छलफल हुने

    2.3K
    Shares

    काठमाडौं । तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज बस्ने तय भएको छ । सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज बोर्ड बैठक बोलाएका हुन् ।

    युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजे सुरु हुनेछ । अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा राखिएको छ ।

    सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चीनमा हुने १९औं एशियन गेम्सलाई मुख्य एजेन्डा बनाएका हुन् ।

    मन्त्री परिषद्को बैठकले यसअघि नै नवौं राष्ट्रिय खेलकुद २२–२८ जेठसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend