logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चितवनमा अर्थोडोन्टिक चिकित्सकको अन्तराष्ट्रिय सम्मेलन सुरु

    चितवनमा अर्थोडोन्टिक चिकित्सकको अन्तराष्ट्रिय सम्मेलन सुरु

    6.1K
    Shares

    चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्र्तराष्टिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए ।

    सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए ।

    दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए ।

    दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् ।

    पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend