logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस चितवन सभापतिले विज्ञप्ति निकालेर भने –गठबन्धन विरोधी गतिविधि नगर्नू

    कांग्रेस चितवन सभापतिले विज्ञप्ति निकालेर भने –गठबन्धन विरोधी गतिविधि नगर्नू

    6.8K
    Shares

    चितवन । चितवनको कांग्रेसले गठबन्धन विरोधी कुनैपनि गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ । जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

    ‘गठबन्धनलाई नकरात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु । चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    यसअघि कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पार्टीले पाएमात्रै गठबन्धन स्वीकार गर्ने निर्णय गरेको थियो। सभापति खनालको नेतृत्वमा नेताहरुले शीर्ष नेतालाई भेटेर दबाब दिएका थिए ।

    तर केन्द्रीय गठबन्धनले यहाँको मेयर माओवादी केन्द्रले पाउनेगरी भागबण्डा गरेको थियो । खनालले पार्टीको केन्द्रले गरेको निर्णय कार्यकर्ताले मान्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend