logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपालाई गठबन्धनले सम्मानजनक हिस्सा नदिए गण्डकी सरकार ढाल्ने मन्त्री आचार्यको चेतावनी

    जसपालाई गठबन्धनले सम्मानजनक हिस्सा नदिए गण्डकी सरकार ढाल्ने मन्त्री आचार्यको चेतावनी

    5.8K
    Shares

    काठमाडौं । गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् ।

    ‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र काँग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन, उहाँहरुले साइड लगाउनुभयो भने उहाँहरुलाई हैसियत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र काँग्रेस बाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौँ नि’ मन्त्री आचार्यले भने ।
    अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उनले प्रष्टाए । ‘अहिले हामी सरकारै ढाल्नसक्ने सम्म त सोचेका छैनौँ । तर, उहाँहरुले निहुँ नै खोज्नुभयो भने त त्यसको प्रतिशोध त साँध्नुपर्यो नि । त्यो गर्नै प¥यो । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौँ । तर, उहाँहरुले शंका गरिराख्नुभएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णायक छौँ र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको छ । त्यसो भएको कारण यसै भन्न सकिन्न ।’ मन्त्री आचार्यले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend