मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

पुनः उम्मेदवार हुन भरतपुरकी रेनु र वीरगन्जका सरावगीले दिए मेयरबाट राजीनामा

पुनः उम्मेदवार हुन भरतपुरकी रेनु र वीरगन्जका सरावगीले दिए मेयरबाट राजीनामा

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन् । वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

‘मैले हिजै राजीनामा दिएको थिएँ, आज स्वीकृत भयो,’ सरावगीले भने । उनी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन्।

शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् ।

‘अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु। अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो,’ दाहालले भनिन् ।

५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend