काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरुले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए ।
आयोगबाट त्यसको जवाफ आइनसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा रहेर चुनावी तालमेल गरेकाले कतिपय स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने छैनन् ।
उम्मेदवार नै नभएको स्थानमा चुनाव चिन्ह राख्न नहुने माग माओवादी केन्द्रको छ ।