बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

आइपिएल: दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा

आइपिएल: दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । राजस्थानले दिएको २२३ रनको लक्ष्य पन्छाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०७ रन बनाएपछि खेल १५ रनले हारेको हो ।

दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्बाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७–३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, रोभमन पावेलले ३६ र श्रदुल ठाकुरले १० रन बनाए ।

त्यसैगरी राजस्थान रोयल्सका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिए ।

यो जितपछि राजस्थान रोयल्सले ७ खेलमा पाँचौ जित हासिल गरेको छ र १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको ७ खेलमा चौथो हारसहित ६ अंक रहेको छ र अंकतालिकामा छैटौं स्थानमा रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend