बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बालुवा निकाल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

बालुवा निकाल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

विराटनगर । मोरङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । खोलाबाट बालुवा निकाल्ने क्रममा डुबेर मोरङको ग्रामथानमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा डुबेर ३० वर्षीय बसन्त माझी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

बालुवा झिक्ने क्रममा शुक्रबार दिउँसो ३स्३० बजेतिर खोलामा डुबेका माझीलाई मृत फेला पारिएको जानकारी उनले दिए । शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले घटनाको अनुसन्धान थालेको उनको भनाइ छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend