एजेन्सी । भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा सामूहिक हत्याको घटना सार्वजनिक भएको छ । थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्याराले ५ वर्षीया बालिकालाई पनि आक्रमण गरेका छन्, अहिले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
अपराध गरेपछि हत्याराले शव जलाउन घरमा आगो लगाएका थिए । प्रहरीका अनुसार घटनामा ५ वर्षीया बालिका साक्षी छोरी सुनिल घाइते भएकी छन् । उनलाई प्रयागराजस्थित स्वरूपप्रणी अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ ।