काठमाडौं । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।
निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।