बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अमेरिकी संसदीय टोलीसँग परराष्ट्रमन्त्रीको भेट, आर्थीक विकासका विषयमा कुराकानी

अमेरिकी संसदीय टोलीसँग परराष्ट्रमन्त्रीको भेट, आर्थीक विकासका विषयमा कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र औपचारिक भ्रमणमा नेपाल आएका अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले मन्त्री खड्कासँग भेटवार्ता गरेको हो ।

उनीहरूबीच आर्थिक विकास लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, द्विपक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका क्षेत्रहरूमा पनि विचार आदानप्रदान गरिएको थियो ।

चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो । टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन् ।

औपचारिक भ्रमणमा आएको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ ।

उनीहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ । अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend