logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरहाका जनप्रतिनिधिहरूले राजीनामापछि फिर्ता गरे सवारी सुविधा

    सिरहाका जनप्रतिनिधिहरूले राजीनामापछि फिर्ता गरे सवारी सुविधा

    7.1K
    Shares

    काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन सिरहाका जनप्रतिनिधिहरूले राजीनामासहित आफूले प्रयोग गर्दै आएको सवारी साधन तथा सामग्री बुझाउन थालेका छन् ।

    निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले जनप्रतिनिधिले एकदिन अगाडि आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

    सिरहाको विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईल लगायतका सामाग्री जिन्सी शाखालाई बुझाएका छन् ।

    पालिका अध्यक्ष यादवसँगै सवै वडा अध्यक्षहरुले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् ।
    त्यसैगरी सिरहा नगरपालिकाका मेयर असेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी प्रशासकीय अधिकृत बलिराम यादवलाई बुझाएका छन् ।

    उनीहरु दुवै जना जनता समाजवादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । दुवै जना पुनः मेयर पदका प्रत्यासी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend