logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पाका १० पालिकामा ६ कांग्रेसलाई, माओवादी र एकीकृत समाजवादीलाई दुई–दुई

    पाल्पाका १० पालिकामा ६ कांग्रेसलाई, माओवादी र एकीकृत समाजवादीलाई दुई–दुई

    4.1K
    Shares

    बुटवल । सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा तालमेलका लागि भागवण्डामा सहमति भएको छ । शनिबार गठबन्धनमा रहेका दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा गरेको हो । जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ ।

    त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटाको प्रमुख र तीन वटाको उपप्रमुखको उम्मेदवार पाएको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाएको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले जानकारी दिए ।

    सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको प्रमुखको उम्मेदवार पाउनेछ ।

    नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ ।

    उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

    नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend