logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोकुल बास्कोटाको ठोकुवा : गठबन्धनबाट माधव नेपाललाई परेका पालिका मध्य एकसिट पनि जित्दैन

    गोकुल बास्कोटाको ठोकुवा : गठबन्धनबाट माधव नेपाललाई परेका पालिका मध्य एकसिट पनि जित्दैन

    7.3K
    Shares

    काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले माधव कुमार नेपाल र प्रचण्ड पतन हुन लागेको बताएका छन् ।
    सुनौलो नेपालसँगको कुराकानीमा नेता बास्कोटाले यस्तो बताएका हुन् । माधव नेपाल र प्रचण्डको राजनिती अव सकिन लागेको बताउँदै बास्कोटाले राजनितिमा उनीहरुको दुःखद अन्त्य हुने बताए ।

    उनले स्थानिय निर्वाचनमा माधव कुमार नेपालले पाएका पालिकामध्य एकसिट पनि नजित्ने ठोकुवा गरे । उनले प्रचण्डलाई काउछोका संज्ञा दिएका छन् । ‘प्रचण्ड नेपाली राजनितिको काउछो हो ।’ उनले भने ‘जस्ले बोक्छ उस्को गर्धन चिलाको चिलाई गर्छ ।’

    नेता बास्कोटाले अहिलेको गठबन्धनको उद्देश्य देश बनाउने नभई एमाले सिध्याउने मात्रै उद्देश्य बोकेका कारण गठबन्धन आफै सिद्धिने उनले बताए ।

    गठबन्धनको कुनै एजेण्डा नभएको भन्दै नेता बास्कोटाले स्थानिय निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने बताए ।
    नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै उनले केपी शर्मा ओलीले अब हेलिकप्टरबाटै आशिर्वाद दिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।

    ‘अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ ।’ उनले भने– ‘अबत ओलीले हेलिकप्टरबाट आशिर्वाद दिएर हिड्नुपर्ने अवस्था आयो । किनकी टिका लगाईदिँदा लगाईदिदाँ केपी ओलीको हात गलिसक्यो ।’

    पुरा भिडिओको लागि यहाँ क्लिक गर्नुहोस्ः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend