
पोखरा । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए ।
‘पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन । केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ । नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन’ उनले भने ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend