बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गठबन्धनबाट पोखरामा मेयरको टिकट धनराज आचार्यलाई

गठबन्धनबाट पोखरामा मेयरको टिकट धनराज आचार्यलाई

पोखरा । सत्ता गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मृदवारमा धनराज आचार्य उठ्ने भएका छन् । शनिबार नेकपा एकीकृत समाजवादीले आफ्ना भागमा परेका महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।

देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको हो ।

पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको एकिकृत समाजवादीका एक नेताले जानकारी दिए ।

पोखरामा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो ।

उता नेपाली कांग्रेस पोखराले भने मेयरमा आफ्नो उम्मेदवार उठाउनुपर्ने माग राख्दै पार्टी कार्यालयमा नाराबाजी गरिरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend