logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • केशव स्थापितले १७ दिनमै २२ वटा घरमा डोजर लगाएर बनाएका थिए माइतीघर मण्डला

    केशव स्थापितले १७ दिनमै २२ वटा घरमा डोजर लगाएर बनाएका थिए माइतीघर मण्डला

    9.6K
    Shares

    १० वैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

    शनिबार बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

    नेकपा एमालेका तर्फबाट निर्वाचित स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’भन्ने नारा ल्याएका थिए ।

    स्थापितलाई माइतीघर मण्डला निर्माता समेत भनिन्छ २०५५/५६ सालअघि अहिले माइतीघर मण्डला भएको ठाउँमा  गुजमुज्ज परेका पुराना घर थिए । स्थापित मेयरमा निर्वाचित भएपछि ती घर हटाएर मण्डला बनाउने घोषणा गरेँ । तर धेरैले पत्याएनन् । मान्छेहरूको अवरोधका बीच १७ दिनमा २२ वटा घर हटाएर उनले अहिलेको मण्डला बनाएका थिए ।

    अहिले माइतीघर मण्डलामा पुग्नेबित्तिकै काठमाडौँ बासीले भनिहाल्छन्, ‘यो चाहिँ केशव स्थापितले गरेकै हो, है !’ त्यो मण्डला अहिले राजनीतिक पार्टीका प्रदर्शन र अनशन गर्ने तथा विरोध, देशभक्ति पोख्ने साझा थलो बनेको छ ।

    त्यस्तै अहिलेको शान्तिवाटिकामा पनि पुराना घर थिए । स्थापित आएपछि ती सब हटाएँ र साँघुरिएर कुरूप भइसकेको रत्नपार्कलाई व्यवस्थित  उनकै कार्यकालमा गरे ।

    अहिलेको बागमती कोरिडोर, अन्य नदी किनाराका कोरिडोर, तीनकुनेको पार्क योजनालगायत सुरु उनै स्थापितले गरेका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend