logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरको मेयरका लागि बालेन शाहले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

    काठमाडौं महानगरको मेयरका लागि बालेन शाहले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

    8.7K
    Shares

    काठमाडौं । चर्चित ¥यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका शाहले आइतवार मध्यान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।

    शाहले शनिबार मात्रै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । उनले प्रतिबद्धता पत्रमा सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका छन् ।

    उनले सबै सरकारी कार्यालयमा सीसीटीभी जडान गर्ने, सरकारी कार्यालयमा बिहानी सिफ्ट सञ्चालन गर्ने, सरकारी कार्यालयहरूका प्रभावकारी डेस्क स्थापना गर्ने वाचा गरेका छन् ।

    शाहले सांस्कृतिक महत्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् । बालेनलाई काठमाडौंका नयाँ पुस्ताका मतदाताले राम्रो साथ दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend