बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काठमाडौंमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

काठमाडौंमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

 

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौँको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आलेमगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend