बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मकवानपुरको बकैयामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने घोषणा

मकवानपुरको बकैयामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने घोषणा

मकवानपुर । मकवानपुरको बकैयामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ । मकवानपुरमा नेपाली कांग्रेस बकैया कार्यसमितिले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको हो । आज (आइतबार) हेटौंडास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको छ ।

सभापति दिलबहादुर बम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरू र अन्य दलहरूसँग मित्रवत रूपमा चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend