logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी हुन् नेकपा एमाले कैलालीका ११ पालिकाका उम्मेदवार

    यी हुन् नेकपा एमाले कैलालीका ११ पालिकाका उम्मेदवार

    11.3K
    Shares

     

     

    धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ ।

    एमाले प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।

    उनका अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन् ।

     

    जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र इन्दुु चौधरी सर्वसम्मत उम्मेदवार बनेको पाठकले बताए ।

    मोहन्याल र चुरे गाउँपालिकाका उम्मेदवारको भने टुङ्गो लाग्न सकेको छैन । यी दुवै पालिकामा पनि आइतबार नै उम्मेदवार छनोट गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
    एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कुन्दकला रानाथारुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend