logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अवैध लागु औषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिक सार्वजनिक

    अवैध लागु औषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिक सार्वजनिक

    6.1K
    Shares

    काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ । ब्यूरोले आईतवार पत्रकार सम्मेलन गर्दै अवैध लागु औषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो ।

    गत वैशाख ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिकाको जोहान्नसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी वर्ष ३५ की जेम्बियन नागरिक कपुतुला अभिषरागलाई पक्राउ गरी सार्वजनिक गरेको हो । निजले ल्याएको सुटकेसभित्र फ्लस बटम बनाए लुकाएर ल्याएको अवस्थामा ७ किलोग्रम लागु औषध सेतो हेराईन प्रहरीले बरामद गरेको थियो ।

    त्यस्तै उक्त लागु औषध लिन आएकी केइफाङ्ग मिजोराम ठेगाना भएकी वर्ष ३५ की भारतीय नागरिक लालनुनपुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । लागु औषध कारोबारमा संलग्न दुवै महिलालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध सेतो हेरोईन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठले बताए । उनले निजहरुको साथबाट बरामद ७ केजी सेतो हिरोइनको अन्दाजी बजार मूल्य १४ करोड रहेको बताए ।

    प्रहरी उपरीक्षक श्रेष्ठले हुलाकबाट आउने गरेका सामानहरुमा समेत लागु औषध भित्रिन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको बताए । उनले यसै क्रममा गत वर्षको फागुन ११ गते हुलाका कार्यालय डिल्लीबजार काठमाडौं इएमएस शाखामा बेलायतबाट पठाएको कार्टुन बक्समा ४.४१८ केजी तौल बराबरको साना चकलेटहरु रहेको र चकेलटमा गाँजा तथा चरेशहरु पाइएको र त्यसको बरामद गरी कन्ट्रोल डेलिभरी गर्ने क्रममा पर्साका २२ वर्षीय राज शिखर गुप्तालाई पक्राउ गरिएको बताए । निजसँगको अनुसन्धानमा जर्मनबाट पठाइएको अर्को कार्टुन बक्स फेला परेको र त्यसमा ५ सय वटा नाम नखुलेको एम्फेटामिन ट्याब्लेट्स फेला परेको बताउनु भयो । निजलाई पूर्पक्षका लागि थुनामा राखिएको समते प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend