काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागवण्डामा सहमति जुटाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएका हुन् ।
सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी भने भागवण्डामा समावेश छैन ।