logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादीले लगायो रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो, यी हुन् उम्मेदवार

    माओवादीले लगायो रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो, यी हुन् उम्मेदवार

    7.8K
    Shares

    रोल्पा । नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि माओवादीले एकल रुपमा उम्मेदवारी घोषणा गरेको हो । माओवादीले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए ।

    रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा तथा लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भरत थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लुङग्री गाउँपालिका उपाध्यक्षको भने टुंगो लागेको छैन ।

    सुनछहरीको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा नैनकला घर्ती, थबाङको अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्ष सर्मिला बुढा, परिवर्तनको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्री, माडीको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्ती तथा गंगादेवको अध्यक्षमा वीरबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    गंगादेव गाउँपालिका उपाध्यक्ष भने कसलाई बनाउने माओवादीले टुंगो लगाएको छैन । यस्तै त्रिवेणीको अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा खत्री तथा रुण्टीगढीको अध्यक्षमा गोविन्द पुन र उपाध्यक्षमा कौशिला जिसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend