बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

महानगरको मतपत्र अलग बनाउने आयोगको निर्णयप्रति एमालेको आपत्ति

महानगरको मतपत्र अलग बनाउने आयोगको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं । महानगरपालिकाको मतपत्र अलग बनाउने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

नेकपा एमालले आज एक विज्ञप्ति जारी गर्दै महानगरका मतपत्र छपाउँदा उम्मेदवारी परेका उम्मेदवारको बाहेक अन्य निर्वाचन चिन्ह हटाई मतपत्र छपाई हुने भनी आएका समाचारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएका जनाएको हो ।

‘केहि दिनअघि गठबन्धन दलका केहि शीर्ष नेताहरुको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ । यदि यो समाचार सहि हो भने अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धन दललाई फाईदा पुग्ने आशय प्रेरित छ ।’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको प्रभाव र दबाबमा नपरी काम गर्न पनि आग्रह गरेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend