logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

    कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

    3.8K
    Shares

    काठमाडौं । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको छ।

    सहमतिअनुसार नौ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने भएका छन्।

    जिल्लाका ९२ वडामै दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। उनीहरूले कुन स्थानीय तहको कुन वडा कसले लिने भन्ने पनि सहमति पत्रमा उल्लेख गरेका छन्।

    पालिका प्रमुख तथा उपप्रमुखहरू आ–आफ्नो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति छ भने वडाका हकमा भने जसले वडाध्यक्ष पाएको छ सोही पार्टीको चिन्हअनुसार सदस्यहरूले पनि चुनाव लड्ने सहमति भएको छ।

    यस्तो छ सहमतिपत्रः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend