ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्याउने निर्णय गरेको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनको मेयर टकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।