logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन

    पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन

    7.2K
    Shares

    काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

    बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए ।

    मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने बताए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend