बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एमालेका तर्फबाट पोखराको मेयरमा टिकट पाएपछि थापाले दिए प्रदेश सांसदबाट राजीनामा

एमालेका तर्फबाट पोखराको मेयरमा टिकट पाएपछि थापाले दिए प्रदेश सांसदबाट राजीनामा

पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend