बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उम्मेदवारी दर्ता गराउनुअघि भरतपुर एमाले उम्मेदवारले गरे वीपीको सालिकमा माल्यार्पण

उम्मेदवारी दर्ता गराउनुअघि भरतपुर एमाले उम्मेदवारले गरे वीपीको सालिकमा माल्यार्पण

चितवन । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।

आज उम्मेदवारी दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारीको सालिक र क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् ।

भरतपुर महानगरको प्रमुखमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई समर्थन गरेको छ । गठबन्धनको यो निर्णयप्रति भरतपुरका कांग्रेस असन्तुष्ट छन् ।

कांग्रेसका संस्थापक नेता कोइरालाको सालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान खिच्ने प्रयासको रणनीतिको रूपमा चर्चा हुन थालेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend