काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख पदमा उमेदवारी दर्ता भएको छ ।
सोमबार पार्टीका तर्फबाट महानगर प्रमुख पदमा कृष्ण थापाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गराएका छन् ।
फोटो : बिमल तिवारी