logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरमा मदनदास श्रेष्ठको उम्मेदवारी दर्ता

    काठमाडौं महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरमा मदनदास श्रेष्ठको उम्मेदवारी दर्ता

    4.3K
    Shares

     

    काठमाडौं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मयेर पदमा उम्मेदवारी दिएका छन् । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तासहित राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिएका हुन् ।

    उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीमाझ उहाँले महानगरबासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । वरिष्ठ कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रुपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरुका लागि सबै वडाहरुमा ज्येष्ठ नागरिक बाटिका, बालबालिकाहरुलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल बाटिका र युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने संकल्प गरे ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend