बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गठबन्धन उम्मेदवारविरुद्ध पोखरामा कांग्रेस नेताले दिए बागी उम्मेदवारी

गठबन्धन उम्मेदवारविरुद्ध पोखरामा कांग्रेस नेताले दिए बागी उम्मेदवारी

पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेसका एक जना नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनको विरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनी २०५४ देखि २०६४ सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।

पार्टीले कार्यकर्ता र जनतालाई रुखबाहेक अन्य चिन्हमा भोट दिन बाध्य पारेकाले आफूले कांग्रेसको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारी दिएको सापकोटाले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend