बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

असन्तुष्ट कांग्रेसको दलबलसहित कांग्रेस नेता पौडेलले दिए भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी

असन्तुष्ट कांग्रेसको दलबलसहित कांग्रेस नेता पौडेलले दिए भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी

चितवन । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुससहित सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

जिल्ला पार्टी कार्यालयमा आइतबार भएको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनलाई उम्मेदवार बन्न कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका छन् ।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरूले विरोध गर्दै आएका छन् । गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बनेकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend