logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंलाई व्यवस्थित सहर बनाउने छु : सिर्जना सिंह

    काठमाडौंलाई व्यवस्थित सहर बनाउने छु : सिर्जना सिंह

    4.1K
    Shares

    काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने बताएकी छन् । उम्मेदवारी दर्ता लगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले आफू मेयर भएपछि काठमाडौंको ट्राफिक समस्यादेखि खानेपानी र सरसफाइको समस्या समाधानमा विशेष ध्यान दिने बताइन् ।

    त्यस्तै कामकाजी महिला बालबच्चाहरूको हेरचाहका लागि महानगरका विभिन्न स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्ने उद्घोष पनि सिंहले गरिन् । ‘काम गरेर घर चलाउनुपर्ने महिलाका बच्चाहरू हेर्दिने डे केयर सेण्टरहरु बनाउँछु । अहिले बच्चाको स्याहार गर्न नै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ, त्यो हटाउँछु’, सिंहले भनिन् ।

    सिंहले काठमाडौं महानगरले पहिलो पटक महिला नेतृत्व पाउन लागेको बताएकी छन् । देशकै राजधानी रहेको सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको उनले बताइन् । ‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।

    उनले आफू गणेशमान र मंगलादेवीको बुहारी तथा प्रकाशमान सिंहको श्रीमती भएको तथ्य नलुकेको भन्दै आफ्नो राजनीतिक योगदान पनि कम नरहेको बताइन् ।

    ‘प्रकाशमानजीलाई नचिन्दै प्रजातन्त्रका लागि आन्दोलन गरेर हनुमान ढोकामा जेल जीवन बिताएको मान्छे हुँ । म राजनीतिमै थिए मात्र राजनीतिक पदमा थिइनँ । अब पदमा पुगेर जनताको सेवा गर्दै छु’, सिंहले भनिन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend